हरि अधिकारी, वाणगंगा ।
लुम्बिनी प्रदेश सभाका सदस्य विष्णु पन्थीले भूपू सैनिक खानेपानी उपभोक्ता समिति प्रदेशकै सवैभन्दा उत्कृष्ट र व्यवस्थित समिति रहेको बताए । खानेपानी उपभोक्ता समितिलाई समुदाय आफैले व्यवस्थापन गर्दै लैजानुपर्ने र त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने नीति लिएको स्पष्ट पारे ।
वाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दशौं वार्षिक साधारण सभाको प्रमुख अतिथीको समेत रहेका उनले जिल्लाकै ठुलो खानेपानी आयोजना रहेको उक्त खानेपानी समितिले नगरवासीलाई शुद्ध खानेपानी वितरण गरेर स्वास्थ्य सरसफाईमा महत्वपूर्ण योगदान गरेको बताए ।
स्थानीय समूह संस्थालाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउदै पन्थीले प्रदेशमै नमुना खानेपानीको रुपमा स्थापित भएकोमा प्रंशसा गरे । पूर्व स्वास्थ्य मन्त्री समेत भइसकेका पन्थीले स्वच्छ खानेपानी, वातावरण र सरसफाईमा पनि अगुवाई गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नगरकै गौरवको आयोजनाको रुपमा रहेको यस खानेपानी उपभोक्ता समितिलाई नगरले सहयोग गर्दै आइरहेको बताए । उनले एक घर, एक धाराको नीति अनुसार नगरवासीलाई स्वच्छ पानी वितरणका लागि सेवा विस्तारमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय तौलिहवा कपिलवस्तुका प्रमुख दिनेश शाहले वाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जिल्लामै अग्रणी भूमिका निर्वाह गरेकोमा अन्य उपभोक्ता समितिले पनि अनुसरण गर्नुपर्ने बताउदै संघीय तथा प्रदेशका निकायबाट आवश्यक समन्वय गरी काम भैरहेको जानकार िदिए । त्यस्तै कार्यक्रममा खानेपानी उपभोक्ता महासंघका केन्द्रिय सचिवालय सदस्य थान प्रसाद गैरे, केन्द्रिय सदस्य कमना न्यौपाने, वाणगंगा नगर उपभोक्ता महासंघका अध्यक्ष विश्व कार्की, लगाएतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले वाणगंगा नगरपालिका १, ३ र ४ वडाका २७ सय ६३ उपभोक्ता रहेको संस्थाको उपलब्धी जानकारी गराउदै भावी योजना र कार्यक्रमबारे प्रकाश पारेका थिए । समितिका उपाध्यक्ष झलक बहादुर मल्लले स्वागत गरेका थिए । साधारण सभामा सचिव कृष्ण बहादुर शाहीले वार्षिक प्रगती विवरण प्रस्तुत गरेका थिए । उक्त खानेपानी समितिको ६ करोड ११ लाख बराबरको बार्षिक आयव्यय समितिकी कोषाध्यक्ष राममाया रानाले प्रस्तुत गरेकी थिइन् ।
पानी सुरक्षा समितिका संयोजक निर्मल शाहीले पानीको शुद्धता परिक्षण सम्बन्धी प्रतिवेदन तथा अनुगमन तथा मूल्यांकन बारे समितिका सदस्य भोजराज आचार्यले प्रतिवेदन पेश गरेका थिए । समितिले अतिथी र उपसमितिका संयोजक, सल्लाहकारलाई मायाको चिनो प्रदान गरेको थियो ।
१५ मंसिर २०८१ शनिबार ००:००
78
Shares
प्रतिक्रिया