२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रेस युनियनलाई अपमान गर्ने कपिलवस्तु शाखा खारेज गरौं : प्रदेश कोषाध्यक्ष घिमिरे



ताैलिहवा ।

कपिलवस्तु प्रेस युनियनलाई अपमान गर्ने र पत्रकारिताको मर्यादा भंग गर्ने कार्यप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरेले कपिलवस्तु शाखाको खारेजीको माग गरेका छन्। केहि बेर अघि सामाजिक संजालमा पोष्ट गर्दै प्रदेश कोषाध्यक्ष घिमिरेले लेखेका छन्, “तत्काल महासंघको प्रदेश कमिटिको वैठक बसौं ।”

लुम्बिनी प्रदेशमा महासंघको निर्वाचन हाललाई स्थगित गर्नुपर्ने माग राखेका छन् । पत्रकारिताको उच्च मान्यता र मर्यादालाई संरक्षण गर्न यस्तो कदम उठाउनु अपरिहार्य भएको छ। उनले थपे, “प्रेस युनियन जस्तो संस्थालाई अपमानित गर्ने कार्यले पत्रकारहरूबीच विभाजन र असन्तोष निम्त्याउने खतरा छ।

यस विषयमा कपिलवस्तु शाखाको तर्फबाट भने कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर, पत्रकार महासंघका अन्य पदाधिकारीहरूले पनि उक्त कार्यप्रति चिन्ता व्यक्त गरेका छन्।

नेपाल प्रेस युनियनका पूर्व सभापती गोपाल भण्डारीले संस्थागत निर्णयलाई समेत कुल्चिएर जिल्ला शाखा र प्रदेश समिति अघि बढेकोले समस्या सिर्जना भएकाे प्रतिकृया दिए ।

प्रकाशित मिति : २० मंसिर २०८१ बिहिबार ००:००  ८ : ०२ बजे