११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

दाङमा कल्भर्टभित्र पसेर माछा मार्ने क्रममा एक जनाको मृत्यु



दाङ ।

कल्भर्टभित्र छिरेर माछा मार्ने क्रममा दाङ गढवामा एक जनाको आइतबार मृत्यु भएको छ ।
दाङ गढवा गाउँपालिका–६ सर्वोदय चोकका ६६ वर्षीय ढोर्री कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए ।

आइतबार अपराह्न ४ः३० बजेतिर गढवा कालाकाटे सडकखण्डको प्रनाहा नजिक कल्भर्ट भित्र छिरेर माछा मार्ने क्रममा अक्सिजनको कमी वा चक्कर लागेर पानीमा ढुब्दा ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

घरबाट ११ बजेतिर माछा मार्न भनेर आएको र कल्भर्ट आसपास र कल्भर्टभित्र छिरेर पानी फाल्दै माछा मारेको र त्यै पानीमा अनुहार नाक मुख डुबेको अवस्थामा स्थानीयहरुले देखेपछी प्रहरी लाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १४ पुस २०८१ आइतबार ००:००  ७ : ३५ बजे