७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बुद्धभूमिमा ४३ किलो बेवारिसे गाँजा भेटियो



कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ टाकुमा ४३ किलो २४ ग्राम बेवारिसे गाँजा बरामद गरिएको छ।

टाकुस्थित मर्सी गाउँमा गाँजाको अवैध ओसारपसार र कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो।

सोमबार मर्सी जङ्गलको खाली चौरमा रहेको रुखको फेदमा प्लास्टिकका तीन बोरामा लुकाइ राखिएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनमणि अधिकारीले जानकारी दिए।

गाँजाको अवैध कारोबारमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान जारी रहेको पनि डिएसपी अधिकारीले बताए।

प्रकाशित मिति : ७ माघ २०८१ सोमबार ००:००  ७ : ४४ बजे