७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

कपिलवस्तु भूमि आयोगका अध्यक्ष पोखरेललाई विजयनगरद्धारा सम्मान



कपिलवस्तु ।

कपिलवस्तु भूमि आयोगका अध्यक्ष झविलाल पोखरेललाई विजयनगर गाउँपालिकाले स्वागत तथा सम्मान गरेको छ । सोमबार पालिका अध्यक्ष गोपाल बहादुर थापाले एक कार्यक्रमकाबीच स्वागत तथा सम्मान गरेका हुन् ।
सो क्रममा अध्यक्ष थापाले विजयनगरलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । विजयनगरलाई हेर्ने दृष्टिकोण अन्य पालिकालाई भन्दा फरक हुनुपर्ने उनको भनाई छ । जिल्लामै छुट्टै पहिचान स्थापित गरिसक्नु भएका पोखरेलको सक्रियताले अन्य जिल्लाको तुलनामा कपिलवस्तुमा छिटो छरितो रुपमा काम हुने उनको विश्वास छ ।

भूमिको विषयलाई लिएर आमजनतामा व्यापक चिन्ता रहेको तर व्यक्त गर्न नसकेको उनले बताए । उनले विजयनगरमा भूमि सम्बन्धि एक चरणको काम सकिएको बताउँदै उनले भने, ‘थप केही सुचना आए त्यसको कार्यान्वयनमा जान्छौं ।’

कपिलवस्तु भुमी आयोगका अध्यक्ष पोखरेलले भूमिहिन सुकुम्बासी र भूमिहिन दलितलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले भूमि सम्बन्धि समस्या जटिल विषय भएको भन्दै आयोगले सरलदेखि जटिलताको सिद्धान्तलाई अवलम्बन गर्दै काम गर्ने स्पष्ट पारे ।

उनले वास्तविक भूमिहिनलाई वडा र पालिकाले सिफारिस नदिएको खण्डमा स्वयम् आयोगले प्रक्रिया अघि बढाएर काम गर्ने बताए ।

प्रकाशित मिति : १४ माघ २०८१ सोमबार ००:००  ७ : ५७ बजे