मायादेवी अनलाइन, तौलिहवा ।
प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै कपिलवस्तु नगरपालिकाका वडाअध्यक्षले सामुहिक ज्ञापन पत्र बुझाएका छन् । नगरका १२ वटै वडाका अध्यक्षले जिल्ला प्रशासन कार्यालय मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सामुहिक ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा २ महिनादेखि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिहीन भएको भन्दै नगरको समग्र विकास निर्माण तथा सामाजिक विकास, योजना सम्झौता लगाएतका काम प्रभावित भएको जनाइएको छ । यसले नगरका जनप्रतिनिधी, कर्मचारी लगाएतलाई काम गर्न समस्या भएकाले यथाशिघ्र प्रमुख प्रशासकीय अधिकृतको ब्यवस्था गर्न माग गरिएको छ । ज्ञापनपत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले ज्ञापनपत्र सम्बन्धी निकायमा यथाशिघ्र पठाउने बताए ।
लामो समय देखी पालिकामा अधिकृत नहुदा कामकाज प्रभावित भएको जनगुनासो बढेको छ । यसअघि नगरमा आएका प्रशासकीय अधिकृत सरुवाभई मन्त्रालय गएका थिए । त्यसयता नगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिहिन भएको हो ।
प्रतिक्रिया