चन्द्रौटा ।
प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवश कपिलवस्तुको शिवराजमा अनाथ बालबालिकालाई आर्थिक तथा राहत सामग्री वितरण गरि मनाएको छ । अभिभावक बिहिन बालबालिकालाई ७ हजार नगद तथा १५ हजार बराबरको खाद्यान्न, शैक्षिक सामग्री प्रदान गरिएको प्रेस चौतारी कपिलवस्तुले जनाएको छ । बुवा आमा गुमाएका ४ दिदी बहिनीलाई सहयोग हस्तान्तरण गर्दै प्रमुख अतिथी नेकपा एमाले लुम्बनी प्रदेश कमिटि सदस्य नेत्रराज अधिकारीले अनाथ बालबालिकाहरुलाई सहयोग गर्नु प्रशंसनिय कार्य भएको बताउनुभएको छ । शिवराज पूर्व नगर प्रमुख समेत भइसकेका अधिकारीले मानवताको सेवा नै उच्चतम कार्य भएकाले मानव सेवा कार्यमा सबैजना लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अधिकारीले नगद २ हजार, शिवराज नगरपालिका वडा नं ३ वडा अध्यक्ष टेकलाल सापकोटाले नगद ५ हजार नगद प्रदान गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव सिवि गहतराजले कपि, कलम र २५ केजि चामल, प्रेस चौतारी इन्चार्ज राम प्रघट कोरीले ५० केजी चामल सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
प्रेस चौतारी शाखा कपिलवस्तुबाट चामल, खाने तेल, बेसार, नुन, साबुन, सर्फ, चिनि र चियापत्ती प्रदान गरेकाे छ भने मदिना गल्ला भण्डार र सौगात टेड्रसबाट समेत सहयोग प्राप्त भएकाे छ ।
प्रदेश कमिटी सदस्य तथा शिवराज नगर उप प्रमुख शिवकुमारी थारु, एमाले जिल्ला सचिव सिवी गहतराज, प्रेस चौतारी लुम्बिनी प्रदेश कार्यवाहक महासचिव हरि अधिकारी, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा प्रेस चौतारी इन्चार्ज राम प्रघट कोरी, नेकपा एमाले शिवराज नगर कमिटि अध्यक्ष महादेव पोख्रेल, वडा नं ५ को वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे, वडा नं ३ को वडा अध्यक्ष टेकलाल सापकोटा, शिवराज नगर अध्यक्ष महादेव पोख्रेल, जिल्ला नेता सरोज पौडेल, नेपाल पत्रकार महासंघ कपिलवस्तु सचिव सनिउल्ला धाेवी, नेकपा एमाले वडा नं ५ वडा कमिटि अध्यक्ष प्रेम सुनार लगाएतको सहभागिता रहेको थियो।
प्रेस चौतारी कपिलवस्तुको अध्यक्ष बाबुराम रायमाझिको अध्यक्षता र सचिव संजीव गहतराजको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया