५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025

तौलिहवामा रोकिएन चोरीको श्रृंखला, ३ दिनमा ८ घरमा चोरी !



दीपा महत, तौलिहवा ।

कपिलवस्तुको सदरमुकाम तौलिहवामा चोरीका घटना बढेका छन् । पछिल्लो ३ दिनमा मात्रै ८ घरमा चोरी भएको हो । मंगलबार चोरले २ घरबाट लाखौका गरगहनासहित नगद रकम चोरेका छन् ।
चोरले कपिलवस्तु नगरपालिका वडा नम्बर १ घिमिरे टोलका गिरिशचन्द्र दुबे र क्याम्पस टोलका दिलिप दुबेको घरमा ताला फोरेर लाखौको गरगहना लगेको पिडित परिवारले बताएका छन् ।

यसअघि आँखा अस्पताल र सिद्धार्थ टोलमा गत शनिवार र आईतावार गरी ६ घरमा चोरी भएको थियो । चोरहरूले सबि बस्नेत, प्रदीप गिरी, विष्णु प्रसाद चौधरी, बिन्दावति दुबे र सेतो गुरास संस्थामा गरी साढे ३ लाख बढीको चोरी गरेको थिए । यस्तै सोमबार राति अस्ट्रेलियामा गएका गङ्गा बिस्ट र भाडामा बस्ने अर्जुन तिवारीको कोठा फोरेर ५ लाख बढीको नगद र गर गहना लगका थिए ।

घटना हेर्दा कुन घरमा मान्छे छैनन् त्यो हेरेर, योजना बनाएर, टोलका बासिन्दाको सामाजिक मनोविज्ञान बुझेर, समय मिलाएर, कब्जा र ताला काट्ने आधुनिक औजारको प्रयोग गरेर चोरी गरेको देखिएको छ ।
यता स्थानीयले चोरहरुले निर्धक्कसाथ बारम्बार चोरी गरेपनि प्रहरी प्रशासनले भने अहिले सम्म कसैलाई पक्राउ गर्न नसकेको बताएका छन् । यसरी पटक पटक चोरहरुले चोरी गरे पनि प्रहरीले केही गर्न नसक्दा चोरहरुको मनोबल बढदै गएको स्थानीयको भनाई छ ।
प्रहरीले भने अनुसन्धान अघि बढाएको भन्दै स्थानीयलाई आफूपनि सर्तक आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०८१ बुधबार ००:००  ३ : २३ बजे