काठमाण्डौ ।
चितुवाको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गएको छ । चितुवाको आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर ७ की ५१ वर्षीया जुनाकुमारी लामिछानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ऋषिराम घर्ती मगरले बताउनुभयो ।
लामिछानेलाई घर नजिकै नेपाल–भारत सीमाना क्षेत्रमा बाख्रा चराउँदै गर्दा बिहान चितुवाले आक्रमण गरेको हो । स्थानीय बासिन्दाले होहल्ला गरेपछि चितुवा भागेको थियो ।
लामिछानेलाई स्थानीय बासिन्दाले जिल्ला अस्पताल गुलरिया पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका डीएसपी घर्तीले बताउनुभयो ।







प्रतिक्रिया