२ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025

वनदेवी सामुदायिक वनको पाचौँ साधारणसभा सम्पन्न



मायादेवी अनलाइन, बुद्धभूमि ।

वनदेवी सामुदायिक वन उपभोक्ता समूहको पाचौँ वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा समूहका अध्यक्ष मोतीलाल यादवले आर्थिक वर्ष २०८०/८१ को कुल आय-व्यय विवरण सार्वजनिक गरेका थिए । यसैगरी वार्षिक प्रगति प्रतिवेदन कोषाध्यक्ष मोहम्मद आरिफले प्रस्तुत गरेका थिए प्रस्तुत प्रतिवेदन अनुमोदन गरिएको छ ।

आइतबार वनको प्रांगणमा सम्पन्न कार्यक्रममा बोल्दै डिभिजन वन कार्यलयका प्रमुख इश्वरी प्रसाद पौडेलले सामुदायिक वनले विकास निर्माण लगाएतका काम स्थानीय सरकारसंग मिलेर गर्नुपर्ने बताए । वनले समुदायका गरिव, विपन्न लगाएत लक्षित समुदायलाई विशेष प्रथामिकता दिनुपर्ने बताए । वन रहेमा मात्र सबैकुरा सम्भव रहने भन्दै वन फणानी, अतिक्रमण लगाएतका कार्यलाई सबै मिलि रोक्नुपर्ने उनको भनाई छ । वन संरक्षण एकजनाले मात्र गरेर नहुने भन्दै सबै उपभोक्ताले वनको संरक्षण र प्रर्वद्धन गर्न‘पर्नेमा जोड दिए ।

यस्तै विशिष्ट अतिथी रोम बहादुर थापाले पारर्दशिता तथा सुसासनमा ध्यान दिएर काम गर्न सुझाव दिए । काम गर्ने क्रममा विभिन्न बाधा आउने भन्दै कानुनी अडचनलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्ने उनको भनाई छ । साथै धेरै वनले समुदायलाई आयआर्जनमा जोड्ने काम गरेकाले रोजगारी दिनेगरी अगि बढ्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै सव डिभिजन वन कार्यालय वड्हराका वरिष्ठ वन अधिकृत कल्याण सापकोटाले साधारण सभा उपभोक्ताहरुको वार्षिक भेला भएकाले सम्पूर्ण उपभोक्ताहरु सक्रिय हुनुपर्ने बताए । वन संरक्षण आजको आवश्यक्ता भएको हुँदा यसको संरक्षणमा ध्यान दिन सुझाए ।

उनले वन सम्बन्धी ब्यवस्था तथा विभिन्न नीतिका बारेमा पनि स्पष्ट पारेका थिए । कार्यक्रममा गौतमबुद्ध सामुदायिक वनका अध्यक्ष सूर्य मल्ल, राजपुर सिकाई केन्द्रका अध्यक्ष सालिकराम सुवेदी, श्री नेपाल राष्ट्रिय मावि चौरीका प्रअ बुद्धिराम अधिकारी लगाएतले मन्तब्य राखेका थिए ।

यसैबिच वनदेवी सामुदायिक वनले साधारण सभाको अवसरमा ३६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । गरिव, जेहेन्दार विद्यार्थीलाई कापी, पेन, झोला र स्कुल ड्रेस वितरण गरिएका अध्यक्ष मोतीलाल यादवले बताए ।

यस्तै वडाका ३० जना खेलाडीलाई जर्सी प्रदान गरेको यादवले बताए । सोही अवसरमा लामो समयदेवी वनलाई योगदान पुर्याउने उपभोक्तालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा वनका उपाध्यक्ष नुर मोहम्मद गद्दीले ले स्वागत मन्तब्य राखेका थिए भने संचालन हिरालाल चौधरीले गरेका हुन् ।

प्रकाशित मिति : २७ माघ २०८१ आइतबार ००:००  ५ : ४३ बजे