२ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025

‘सिआईडी हुँ’ भन्दै ठगी गर्ने बाणगंगाका २ जना पक्राउ



मायादेवी अनलाइन, बाणगंगा ।

‘सिआईडी हुँ’ भन्दै ठगी गर्ने कपिलवस्तुका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बाणगंगा नगरपालिका २ पिपरा निवासी ३२ वर्षिय ऋषिराम घिमिरे र कप्टैया निवासी ३२ वर्षिय जीवन थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । थापा र घिमिरेले स्थानीयलाई ईलाका प्रहरी कार्यलय पिपराबाट आएको सिआईडी भएको र घरको खानतलासरी लिने भन्दै एक स्थानीयको घरबाट १७ हजार लगेका थिए ।

पछि स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उनिहरुको खोजीकार्य गरेको थियो । दुबै जनालाई प्रहरीले माघ २६ गते वाणगंगा २ राजपुर स्थित खेलमैदानबाट पक्राउ गरेको हो । उनिहरुलाई २७ गते जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ठगी कसुरमा अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक मोहन मणि अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०८१ सोमबार ००:००  ९ : ३५ बजे