२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

एमाले कपिलवस्तु ‘जरा अभियान’ को तयारीमा



कपिलवस्तु ।

नेकपा एमाले कपिलवस्तु ३ महिने पार्टीको ‘जरा अभियान’ को तयारीमा जुटेको छ । ३ महिने जरा अभियानको तयारी स्वरुप एमाले कपिलवस्तुले जिल्ला सचिवालयको विस्तारित वैठक गोरुसिंगेमा सम्पन्न गरेको छ ।

जरा अभियानमा जुटेको एमालेले पालिका तथा वडा तहका बैठक यही फाल्गुण १५ गते भित्र सम्पन्न गर्ने जनाएको छ । वैठक संगठन सुदृढीकरण, विकास निर्माण र जन अपेक्षाका विषयमा केन्द्रित रहेको थियो ।

एमाले केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्दालाई एकतामा बदल्नु पर्नेमा जोड दिनु भयो । एमाले केन्द्रिय सदस्य न्यौपानेले पार्टी निर्माणका निम्ति पार्टी नेता, कार्यकर्ताले आफ्नो कार्यशैली रुपान्तरण गर्दै जनमुखी कार्यशैली अपनाउनु पर्ने धारणा राखे ।

नेता न्यौपानेले नेतृत्वमा रहनेहरुले सबै पार्टी कार्यकर्ताको भावनालाई ध्यान दिदै नेतृत्व गर्नु पर्नेमा सुझाव राखे । नेता न्यौपानेले नेकपा (एमाले) कपिलवस्तुको जिल्ला सचिवालयको दोस्रो विस्तारित वैठकलाई जिल्लाको गोरुसिंगेमा सम्बोधन गर्दै यस्तो धारणा राखेका थिए ।

पार्टीका केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तवले पार्टीको लक्ष्यलाई केन्द्रमा राखेर पार्टीका गतिविधी, क्रियाकलाप संचालन गर्नुपर्ने धारणा राखे ।

जिल्ला सचिवालय वैठकमा एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथीले कपिलवस्तु जिल्ला विकासका दृष्ट्रीकोणले निकै फडको मारेको चर्चा गर्दै हिजको कपिलवस्तु र आजको कपिलवस्तुलाई तुलना गरेर हेर्न आग्रह गर्नु गरे । धेरै जनमुखी काम भएका छन् तर पनि थुप्रै काम आफुहरुले गर्नुपर्ने जिम्मेवारी रहेको चर्चा गरे ।

सोही वैठकमा जिल्ला अध्यक्ष बाबुराम खनालद्धारा प्रस्तुत प्रस्तावहरुमा ब्यापक छलफल पश्चात वैठकले निर्णय गरेको एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डेले जानकारी दिए ।

वैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य जंजिर प्रसाद चौधरी, प्रदेश कमिटी सदस्य डम्मर शर्मा, नेत्रराज अधिकारी, द्रोणराज सुवेदी, शारदा शर्मा, गोपाल थापा, लाल बहादुर सुनार, जगदिश प्रसाद गुप्ता, जिल्ला सचिवालयका सदस्य, पालिका अध्यक्ष, इन्चार्ज लगायतले मन्तब्य राखेका थिए ।

वैठक एमाले जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता र जिल्ला सचिव सिवि गहतराजको संचालनमा वैठक सम्पन्न भएको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१ मंगलबार ००:००  ७ : ४९ बजे