मायादेवी अनलाइन, विजयनगर ।
खेल्नेक्रममा बाल्टीमा डुबेर कपिलवस्तुमा एक बालकको निधन भएको छ । जिल्लाको विजयनगर गाउँपालिका ३ जगदीशपुरमा पानी भरिएको बाल्टीमा डुबेर १ वर्षीय बालकको मृत्यु भएको हो ।
स्थानीय सुवासचन्द्र गुप्ताका एक वर्षिय छोराको खेल्ने क्रमा कौसीमा राखिएको बाल्टीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार करिब ५ बजेतिर बालकको मृत्यु भएको जानकारी दिए । उनले बालकको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको बताए ।
प्रतिक्रिया