२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

वाणगंगामा ‘खोरखोरे’ खेल्दाखेल्दै ३ लाखसहित १२ जना पक्राउ



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको वाणगंगाबाट जुवाजन्य खेल लंगुरवुर्जा(खोरखोरे) खेल्नेक्रममा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वाणगंगा १० गोंगापुरमा खोरखोरे खेल्दैछन भन्ने गोप्य सुचनाको आधारमा नगद ३ लाख १५ हजार १ सय ८० रुपैया सहित १२ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

पक्राउ पर्नेमा वाणगंगा १० का राजेश विक, कृष्ण चौधरी शुद्धोधन गाँउपालिका २ का दिलिप कुमार लोध रुपन्देही गैडहवा गाँउपालिकाका पशुपती जैसवाल सोहि पालिका वडा नम्बर ३ का सन्तोष यादव, मनोज राजपुत, अर्जुन कलवार, विक्रम क्षेत्री रहेका छन् ।

यसैगरी लुम्बिनी सांकृतिक नगरपालिकाका असलम मुसल्वान, बुटवल उपमहानगरका शंकर थापा कञ्चन गाँउपालिकाका सर्वजित विक र चित्र बहादुर राना रहेका छन् । उनिहरु माथि जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप भई जुवा सम्बन्धी कशुरमा थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१ बुधबार ००:००  ८ : १९ बजे