मायादेवी अनलाइन, जितपुर ।
बाणगंगा नगरपालिकामा जारी छैठौं मेयर कप फुटवल प्रतियोगिताको उपाधिका लागि वडा नं.१ र २ भिड्ने भएका छन् ।
विहिबार चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा वडा नं.९ लाई ४–० गोलले पराजित गर्दै वडा नं.१ फाईनलमा पुगेको हो ।
वडा नं.१ को जितमा कुनाल सारुले दुई गोल गरेका हुन् भने राजु थारु र राम बहादु विकले एक÷एक गोल गरे । एक गोल गरेका रामबहादुर ‘म्यान अफ दि म्याच’ घोषित भए ।
यस्तै विहिबार नै भएको दोस्रो सेमिफाईनल खेलमा वडा नं.१० लाई २–० गोलले पराजित गर्दै वडा नं।२ ले फाईनल यात्रा तय गरेको अध्यक्ष सेनले जानकारी दिए । वडा नं।२ को जितमा संजय कार्की र मनिष पुनले एक÷एक गोल गरेका हुन् ।
दोस्रो सेमिफाईनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका वडा नं.२ का राम प्रसाद मिधुन ‘म्यान अफ दि म्याच’ घोषित भए । प्रतियोगिताको फाईनल खेल यही माघ ३ गते दिउँसो २ बजे हुने जनाईएको छ ।
प्रतिक्रिया