४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

कार्यसम्पादन मूल्याङ्कनमा बाणगंगा बन्यो पहिलो



मायादेवी अनलाइन, जितपुर ।

कार्यसम्पादन मूल्याङ्कनमा बाणगंगा नगरपालिका पहिलो स्थानमा रहेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कन अनुसार बाणगंगा नगरपालिका पहिलो बनेको हो ।कपिलवस्तुका १० पालिका मध्ये बाणगंगा नगरपालिकाले ७५ दशमलव २ प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको छ । प्राप्त गरेको छ । जुन जिल्लामा सबैभन्दा बढी हो ।

यस्तै, शिवराज नगरपालिकाले ७१ दशमलव १ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा छ । बुद्धभूमि नगरपालिकाले ७० दशमलव ४ प्रतिशत, महाराजगंज नगरपालिकाले ५९ दशमलव ७ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

कृष्णनगर नगरपालिकाले ५६ दशमलव २ प्रतिशत, विजयनगर गाउँपालिकाले ५१ दशमलव ५ प्रतिशत अङ्क पाएका छन् । कपिलवस्तु नगरपालिका र यसोधरा गाउँपालिकाले समान ५१ दशमलव १ प्रतिशत अंक पाउँदा शुद्धोधन गाउँपालिकाले ४४ दशमलव ५ प्रतिशत र मायादेवी गाउँपालिकाले ३६ दशमलव ९ प्रतिशत अङ्क पाएका छन् ।

आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्क हुने गर्दछ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१ शुक्रबार ००:००  ८ : ३३ बजे