कपिलवस्तु ।
कपिलवस्तुको बाणगङगा ८ बोर्डगाँउमा मालपोत र नापी कार्यलयको सेवा आजबाट शुभारम्भ हुने भएको छ । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले एक भब्य समारोह बिच सेवा शुभारम्भ गर्नेछन् ।
पहिलो सेवा ग्राहिलाइ लालपुर्जा र कित्ता काटेको नक्शा मन्त्रीले उपलब्ध गराउने गरी सेवा शुुभारम्भ गर्नु हुनेछ । मन्त्री अधिकारी ३ दिनयता कपिलवस्तुका विभिन्न कार्यक्रम मा ब्यस्त रहदै आएका छन् ।
बाणगङगामा मालपोत र नापी कार्र्यालय स्थापनाको अन्तिम तयारी संगै हिजा (शनिबार) अबलोकन समेत भएको हो । सो अबसरमा रास्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे, बाणगङगाका मेयर चक्रपाणी अर्याल, भुमि ब्यबस्था बिभागका महानिर्देशक शिव प्रसाद सुबेदि समेत सहभागी थिए ।
समारोहमा रास्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे, प्रदेश सरकारका भुमि ब्यबस्था मन्त्री दिनेश घिमिरेले समेत सम्बोधन गर्नेभुमि ब्यबस्था बिभागका निर्देशक टेकराज अर्यालले बताए ।
कपिलवस्तुको बाणगङगाामा मालपोत र नापी कार्यलयको सेवा शुभारम्भ हुनु भनेको सरकारले जनतालाइ सुबिधा पुराउन गरेको निर्णय कार्यान्वयनमा आएको मन्त्री अधिकारीले बताए ।
यो कपिलवस्तुको लागी महत्त्वपूर्ण उपलब्धि भएको रास्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले बताइन् ।
प्रतिक्रिया