४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

बुद्धभूमिमा अटो तथा टेम्पोको भाडादर निर्धारण, कुन रुटको कति ?



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमिमा अवस्थित बुद्धभूमि अटो ब्यवसायी संघको बैठकले अटो तथा टेम्पोको भाडादर निर्धारण गरेको छ । समितीको आइतबार सम्पन्न बैठकले भाडादर संगै २ महत्वपूर्ण निणर्य गरेको छ । जसमध्ये अटो रिर्जव गर्दा मुख्य चोक सम्म २ सय र भित्री बाटोको हकमा २ सय ५० देखि ३ सय रुपैया कायम गरिएको छ । यस्तै बाटोको निर्धारित स्थान भन्दा पर जानु परेमा यात्रु र चालकको आपस समझदारी कायम रहने निर्णय भएको छ । बैठकले वडा नम्बर ४, ५ र ३ अन्तरगतका विभिन्न रुटको भाडादर निर्धारण गरेको हो ।

बैठकमा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष सुसिल कुमार चौधरीले अटो चालकले आफुपनि समस्यामा नपर्ने र यात्रुलाई पनि मारमा नपार्ने गरी भाडा लिनुपर्ने बताए ।

बुद्धभूमि अटो ब्यवसायी संघका अध्यक्ष बसन्त पराजुलीले समितीको निर्णयबाट कायम भएको भाडादर आफुहरुले लिने बताए । अध्यक्ष पराजुलीले अहिले नगरपालिकाले अटो चालकलाई दर्ता प्रकृयामा आउन भनेको र दर्ता प्रकृयामा जान केहि समस्या देखिएको बताए ।

पहिले इलेक्ट्रीक रिक्सालाई लाईसेन्स नचाहिने भन्दै विभिन्न मिडियाबाट प्रचार भएको र त्यसैका आधारमा धेरैले इलेक्ट्रीक रिक्सा किनेको भन्दै दर्ता प्रकृयामा जान लाइसेन्स माग्दा समस्या भएको बताए ।

समितीमा रहेका ९ जना चालकको उमेरहदका कारण लाईसेन्स नबन्ने अवस्था आएको भन्दै उनिहरुलाई लाइसेन्स बिनानै दर्ता प्रकृयामा जाने वातावरण बनाउन नगरपालिका समक्ष माग गरे ।

अध्यक्ष पराजुलीले भने, ‘सुरुमा लाइसेन्स नचाहिने भन्दै प्रचार गरियो र धेरैले अटो किने अहिले दर्ताको लागि लाइसेन्स माग्दा केहिलाई तातो दुध निल्नु न उकेल्नु भएको छ अटो बेचे लगानी पनि नउठ्ने र परिवार नचल्ने नबेचे लाइसेन्सको लागि उमेरले दिदैन त्यस्ता चालकलाई नगरपालिकाले पनि केहि पहल गरिदिनु पर्योे । ’
यता वडा अध्यक्ष चौधरीले समितीले निर्धारण गरेको भाडादर कार्यपालिका बैठकमा पेश गर्ने बताए ।


यस्तो छ अटो तथा टेम्पोको भाडादर
बुड्ढी प्रतिक्षालय देखि चौराह सम्म ३०
बुड्ढी प्रतिक्षालय देखि सितापुर चोक सम्म ४०
बुड्ढी प्रतिक्षालय देखि चौरी चोक सम्म ५०
बुड्ढी प्रतिक्षालय देखि इस्लामनगर सम्म ६०
बुड्ढी प्रतिक्षालय देखि प्रेमनगर सम्म ७५
बुड्ढी प्रतिक्षालय देखि बुड्ढी गाँउ सम्म ७०
बुड्ढी प्रतिक्षालय देखि किलौली गाँउ सम्म ६०
बुड्ढी प्रतिक्षालय देखि भैरम्पुर सम्म ६०-७०
बुड्ढी प्रतिक्षालय देखि असनहारा सम्म १००
बुड्ढी प्रतिक्षालय देखि कर्नौलिया सम्म ४०
बुड्ढी प्रतिक्षालय देखि पश्चिम टोलसम्म ७०
बुड्ढी प्रतिक्षालय देखि पश्चिम गुरुङटोलसम्म १००
बुड्ढी प्रतिक्षालय देखि पश्चिम चमरगुनियासम्म ७०
बुड्ढी प्रतिक्षालय देखि डाबरा सम्म ५०
बुड्ढी प्रतिक्षालय देखि गेलवार सम्म ३०
बुड्ढी प्रतिक्षालय देखि प्रतापपुर सम्म ५०
बुड्ढी प्रतिक्षालय देखि मोर्मा सम्म ७०
बुड्ढी प्रतिक्षालय देखि थुकौली सम्म ७०
बुड्ढी प्रतिक्षालय देखि चौरी थारुगाँउ सम्म ६०
बुड्ढी प्रतिक्षालय देखि चौरी दरखसवासम्म ७०
बुड्ढी प्रतिक्षालय देखि चौरी मुकुरघाटसम्म १००

प्रकाशित मिति : ४ फाल्गुन २०८१ आइतबार ००:००  ४ : २१ बजे