४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

अटो चलाएरै दिनको २० हजारसम्म कमाएका बसन्त भन्छन्, ‘अहिले घर खर्च जेनतेन चलेको छ’



दीपा महत, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्ढीका बसन्त पराजुलीले अटो चलाउन लागेको ११ वर्ष भन्दा बढी भयो । बुबा आमाको प्रेरणाकै कारण नेपालमा बसेका पराजुली आफ्नो पेशा प्रति सन्तुष्ट रहेको बताउछन् ।

सामान्य परिवारका बसन्तले औपचारिक शिक्षा भने एसएलसीसम्म गरेका छन् । बसन्तले २०५२ देखि २०५७ सालसम्म बुड्ढी चोकमा नास्ता पसल गरे । उनि २०५७ सालमा बैदेशिक रोजगारीका लागि मलेसिया गए ।

करिब ३ वर्ष मलेसिया बसेका बसन्त २०६० सालमा नेपाल आए । त्यतिबेलासम्म पनि आफुलाई के गर्ने भन्ने थाहा नभएको उनि सुनाउछन्, ‘मलेसियाबाट आएपछि दुबई गए र एक वर्षमै नेपाल आए नेपाल आएपछि बुबा आमाले नेपालमै बस्न भन्नुभयो, उहाहरुकै प्रेरणाले नेपालमा केहि गर्ने सोच बनाए र २०६९ सालमा नारायणघाट बाट अटो किने उनले भने ।’

त्यो समयमा खुट्टे रिक्सा थिए अटो कसैको थिएन अटो रिक्सा चलाउने आफुमात्र भएको भन्दै उनि भन्छन् ‘खाने बस्ने समेत समय थिएन कसैको पनि अटो थिएन दिनरात फोन आउदथ्यो र म अटो लिएर जान्थे । ’

मधेश आन्दोलनको समयमा एक दिन आफुले १९ हजार ७ सय ८५ रुपैया कमाएको उनि सुनाउछन् । ‘त्यतिबेला मधेश आन्दोलन थियो चन्द्रौटा देखि मात्र गाडी चल्दथे पूर्वमा बुटवल देखि मात्र बीचमा गाडी नचल्दा मैले यात्रुलाई खरेन्द्रपुर, गोरुसिंगे हुँदै डुमारासम्म यात्रु लैजान्थे, त्यो समयमा दिनमा खर्च कटाएर कम्तीमा पनि ६ हजार त बचत हुन्थ्यो पराजुली थप्छन्, ‘ २ वर्ष सम्म राम्रो कमाई थियो तर पछि अटो थपिदै गए र कमई पनि कम हुन थाल्योे ।’

अहिले भने बुद्धभूमिको बुड्ढीमा मात्रै वारी र पारी गरी ५० अटो रिक्सा आइसकेको भन्दै जेनतेन गुजारा चलेको उनि बताउछन् । ‘अहिले धेरै जना आउनुभयो यो राम्रो पक्ष पनि हो , स्वदेशमै बसेर केहि गर्छु भनेर आउनु भएको छ सबैलाई स्वागत गर्नु पर्दछ धेरै अटो भयो र धेरैका आफ्ना साधन छन् त्यसैले पनि आम्दानी कम छ’, अहिले दिनको ६ देखि ७ सय सम्म कमाइ हुने गरेको बसन्त बताउछन् ।

नेपालमै बसेर केहि गर्ने हो भने यहाँ पनि धेरै अवसर रहेको भन्दै धर्यता आवश्यक पर्ने उनको भनाई छ । ‘हरेक क्षेत्रमा त्यसका अवसर र चुनौती बुझेर प्रवेश गरेमा पक्कैपनि सफल भइन्छ उनले भने ।’ यसरी यात्रुलाई आफ्नो गन्तब्यसम्म पुर्याउनु पनि सेवानै हो, कोरोनाको समयमा कसैले यात्रु बोक्न मान्दैनथे त्यो समयमा पनि हामी अटो चालकले जोखिम मोलेरै यात्रु बोक्यौ, सबै कुरा पैसाले मात्र हुने पनि होइन उनि भन्छन् । ‘केहिले अटो भाडा महंगीयो भन्नुहुन्छ अहिलेको समय सबै कुराको महंगी छ त्यो पनि बुझनु पर्यो हाम्रो अरु केहि पेशा छैन यहि बाट आफ्नो परिवार पाल्ने हो बाटोका कारण अटो पनि बिग्रिहरन्छ मर्मत गर्नै पर्यो उनले भने । ’

अहिले पनि धेरै युवा अटो किनेर नेपालमै कहि गर्ने योजनामा छन् म त्यस्ता युवालाई के भन्दछु भने धेरै ठुलो अपेक्षा गरेर न आउनुहोला किनकी अहिले बजार फराकिलो भएको छ, धेरै कमाई नभएपनि घर खर्च सजिलै टर्छ । स्वदेशमा बसेर केहि गर्न चाहानेको लागि सरकारले पनि सहयोग गर्नुपर्ने उनि बताउछन् । दैनिक हजारौ युवा विदेशिरहेको बेला बसन्त भने प्रेरणाको स्रोत बनेका छन् ।

यहाँको सडकको अवस्थाले गर्दा आफुहरु मर्कामा परेको उनि सुनाउछन्, ‘ एक त बाटो ठिक छैन् अर्को अटो बिग्रिएमा पनि मिस्त्री पाउदैन् १५, १५ दिनमा अटो सर्भिस गर्नु पर्छ एक पटकमा ४ देखि ५ हजार खर्च हुन्छ हाम्रो पिडा कस्ले सुनिदिने ?’
पछिल्लो समय बुद्धभूमिमा अटो चालकको संख्या बढेको छ । अहिले बुड्ढीमा करिव ५० वटा अटो रिक्सा छन् । अटो रिक्सा आएपछि अहिले खुट्टे रिक्सा भने विस्थापित भएका छन् । कतिपय खुट्टे रिक्सा चालकले अटो किनेका छन् भने कोही अन्य पेशा तथा ब्यवसायमा लागेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१ सोमबार ००:००  ८ : ३९ बजे