१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

साउदीमा सडक दुर्घटनामा मृत्यु भएका कपिलवस्तुका रानासहित ३ नेपालीको शव ल्याइँदै



साउदी ।

साउदी अरबमा सडक दुर्घटनामा मृत्यु भएका ३ नेपालीको शव नेपाल पठाइने भएको छ ।

नेपाली वाणिज्य दूत सिर्जना अधिकारीका अनुसार सडक दुर्घटनामा परि मृत्यु भएका पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको शव २० र २१ फब्रुअरीका दिन स्वदेश पठाउन लागेको हो ।

क्षतिपूर्ति साथ मृतक नेपालीहरूको शव चाँडो भन्दा चाँडो नेपाल पठाउन सम्बन्धित कम्पनी र निकायसँग समन्वय गरेको उनले बताइन्।

सोही दुर्घटनामा घाइते इलामका सुकबहादुर लिम्बुको उपचार चलिरहेको छ।

गत जनवरी २७ का दिन साउदीको पश्चिम क्षेत्र जिजान शहरको आराम्को रिफाइनरी रोडनजिकै कामदार चढेको गाडी र ट्रेलर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा तीन नेपालीसहित भारतका नौ र घानाका तीन जना गरी १५ जनाको मृत्यु भएको थियो।

उनीहरू अरेबियन कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पोरेसन ९एसीआईसी० कम्पनीमार्फत जिजानको आराम्को प्रोजेक्टमा गर्दै आएका थिए।

दुर्घटनाका घाइते सुकबहादुर लिम्बुसहित अन्य मुलुका ११ जना नजिकैको अस्पतालमा उपचारार्थ छन्।

प्रकाशित मिति : ८ फाल्गुन २०८१ बिहिबार ००:००  ९ : ०७ बजे