२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

युवालाई सुरक्षीत वैदेशिक रोजगारीबारे जानकारी गराउँदै बुद्धभूमि



दीपा महत, बुद्धभूमि ।

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन बुद्धभूमि नगरपालिकाले तदारुकता देखाएको छ । अहिले नगरपालिकाले नगरका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई वैदेशिक रोजगारी बारे अभिमुखीकरण दिइरहेको छ । अहिले सम्म ४ वटा विद्यालयमा कार्यक्रम गर्यो भने अब २ वटा विद्यालयमा पनि यसबारे अभिमुखीकरण गर्ने नगरपालिकाका रोजगार संयोजक रबिन चौधरीले बताए । बिहिबार वडा नम्बर ९ अन्तरगत रहेको श्री जनकल्याण माविका कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई अभिमुखीकरण दिइएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले अहिले युवाहरुमा विदेश जाने लहर चलेको भन्दै यो सबैका लागि चिन्ताको विषय बनेको बताए । राज्यले युवालाई देशमै स्वरोजगार बनाउने नीति ल्याए मात्र युवा देशमै टिक्ने उनको भनाई छ । विदेश जाँदा सबैले आवश्यक ज्ञान, सिप हासिल गरेमात्र वैदेशिक रोजगार सहज हुने उनले बताए ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत संचालित यो अभिमुखीकरणले विदेश जाने तयारीमा रहेका युवालाई सहज हुने बताए ।

विदेश जादा सीप सिकेर जानुपर्ने भन्दै नगरपालिकाले सिप सिक्न चाहाने युवालाई पनि सिप सिकाउने बताए । अहिले विभिन्न प्रलोभन देखाएर युवालाई ठग्ने एजेन्टहरुको विगविगी रहेको भन्दै त्यसबाट बच्न युवा स्वयम सचेत बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नगरपालिकाका रोजगार संयोजक रविन चौधरीले विदेश जानु अघि अपनाउनुपर्ने सावधानी, चुनौती लगाएतको बारे जानकारी गराएका थिए ।

बुद्धभूमि नगरपालिकाले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम संचालन गरेको छ । जस अन्तरगत, वित्तिय साक्षरता यसमा वैदेशिक रोजगारमा जानेलाई साक्षरताका कक्षाहरु संचालन गरिन्छ । यस्तै न्यायमा पहुच यसले वैदेशिक रोजगारबाट पिडित रहेका युवाको न्यायमा पहुचका लागि काम गर्दछ यस्तै सिपमा पहुच अन्तरग बैदेशिक रोजगारमा जानेलाई विभिन्न प्रकारका तालिम दिएर सिपयुक्त बनाइन्छ भने उनिहरुको सुचनामा पहुचका लागि पनि कार्यक्रम गरिएको छ । यस्तै बैदेशिक रोजगारकाक्रममा विभिन्न समस्या झेलिरहेका हरुहरुलाई मनोसामाजिकर्ताद्धारा परामर्श दिइँदै आएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१ बिहिबार ००:००  ७ : १३ बजे