बाणगंगा ।
गुणस्तरीय शिक्षामा फड्को मार्दै गरेको हिलबर्ट बोर्डिङ्ग स्कुल खेलकुद क्षेत्रमा पनि अब्बल बन्दै गएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकामा भएको प्रथम उपमेयर कप खुल्ला महिला भलिवल प्रतियोगिताको उपाधी हिलबर्ट ईग्लिस बोर्डिङ्ग स्कुल पिपराले जिते संगै खेलकुदमा अग्रस्थानमा छ । शुक्रबार बुद्धरंगशालामा भएको फाईनल खेलमा हिलबर्टले एभरेष्ट ईग्लिस बोर्डिङ्ग स्कुल बुटवललाई ३-० को सोझो सेटमा हराउँदै उपाधि चुमेको हो ।
उपाधि हात पारेसंगै हिलबर्टले नगद ८० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको एभरेष्टले ५० हजार, तृतीय हुने न्यु होराईजन स्कुल बुटवलले ३० हजार र सान्तवना हुने कान्ति मावि बुटवलले १५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले जानकारी दिए ।
खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले नगरपालिकाको खुल्ला महिला भलिवल प्रतियाेगिता पहिलो प्रयास भएको बताए । उनले यस प्रतियोगितालाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए । राष्ट्रिय स्तरका खेलाडी समेत यस प्रतियोगितामा सहभागी भएको भन्दै उनले भने, ‘भलिबल क्षेत्रमा भविष्य खोज्नेहरुलाई यस प्रतियोगिताले थप प्रेरणा दिने छ ।’
यसै प्रतियोगिताका कारण कपिलवस्तुकै ईतिहासमा यसरी राष्ट्रिय स्तरका खेलाडीको खेल प्रत्यक्ष रुपमा अवलोकन गर्ने अवसर समेत सिर्जना भएको भन्दै उनले खुशी व्यक्त गरे । बाणगंगा नगरपालिकाले खेल क्षेत्रलाई स्रोत र साधनका दृष्टिकोणले महत्वपूर्ण स्थान दिएको उनले जिकिर गरे ।
यस्तै उपप्रमुख रिता कुमारी चौधरीले यस प्रतियोगिताले महिला भलिबल क्षेत्रमै सकारात्मक सन्देश प्रवाह गरेको बताईन् । उनले यस प्रतियोगितालाई निरन्तर रुपमा संचालन गर्ने बताईन् । उनले यस प्रतियोगिता आफ्नो खेल सिपमा निखारता ल्याउने महत्वपूर्ण सावित भएको बताईन् ।
खेलकुद क्षेत्रमा विद्यालयले ठुलो लगानी गरेको बताउदै उपाधी हासिल गरेकोमा खुशी व्यक्त गर्दै हिलबर्ट स्कुलका प्रबन्ध निर्देशक बुद्धि प्रसाद पौडेलले खेलाडी सहित सवैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले पठनपाठन संगै अतिरिक्त कृयाकलाप र खेलकुद लाई प्राथमिकता दिएकाले नतिजा हासिल गरेको दाबी गरेका छन् ।
प्रतिक्रिया