२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

कपिलवस्तुमा १५ किलो चरेससहित ३ जना पक्राउ



मायादेवी अनलाइन, कृष्णनगर ।

कपिलवस्तु प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिकाबाट शनिबार १४ किलो ७ सय ७५ ग्राम चरेससहित ३ जनालाई पक्राउ गरेको प्रहरी निरिक्षक माधव विश्वकर्माले बताए ।

शनिबार दिउँसो ४ बजे कृष्णनगर यात्रुगेटबाट भारत तर्फ जानेक्रममा शिवराज नगरपालिका ९ बानियाभार निवासी ६६ वर्षिय शुकलाल घर्ती, रोल्पा थवाङ गाँउपालिका ५ निवासी ४९ वर्षिया प्रमसरि रोका र रुकुम पूर्व भूमे गाँउपालिका २ निवासी सरिता पुनलाई चरेस सहित पक्राउ गरिएको हो ।

उनिहरु तिनै जनाले कम्मरमा पटुकी बाधि सोही पटुकी भित्र चरेस लुकाएका थिए । तिनै जनालाई जिल्ला अदालतबाट दश दिनको म्याद थप लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१ आइतबार ००:००  ८ : ५० बजे