मायादेवी अनलाइन, जितपुर ।
महाशिवरात्री पर्व मर्यादित ढंगले मनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ । सोमबार (आज) एक सुचना जारी गर्दै सामाजिक सदभाव खल्बलीने खालका गतिविधी नगर्न र नगराउन अनुरोध गरिएको हो ।
सुचनामा भनिएको छ, ‘महाशिवरात्रीको दिन फाल्गुण १४ गते पर्व मनाउने नाममा गाँजा, भाङ लगाएतका लागू पदार्थ मिसाएका खाद्य पदार्थ विक्रि वितरण नगर्न र प्रयोग नगर्न अनुरोध गरिन्छ, साथै मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, हुलदंगा गर्ने, महिलामाथि अभद्र ब्यवहार गर्ने, गरगहना चोरी गर्ने लगाएतका कार्यलाई पूर्ण रुपमा निस्तेज पार्ने गरी सुरक्षा ब्यवस्था मिलाइएको छ ।’
साथै पर्वलाई मर्यादित र ब्यवस्थीत गराउन आआफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया