११ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025

महाशिवरात्रिः तौलेश्वरनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्वीरहरू)



कपिलवस्तु ।

आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

आज बिहानैदेखि कपिलवस्तुका तौलेश्वरनाम मन्दिर, शिवगढी, पिपराको शिवमन्दिर, लक्ष्मणघाट लगाएतका विभिन्न ठाउँका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो छ ।

महाशिवरात्रिमा भगवान शिवको पूजाआजा गर्न तौलिहवास्थित तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको हो । दर्शनार्थी पुजा गर्नका लागि बिहान ३ बजे देखि लाइनमा बसेका छन् ।

यसैगरी वाणगंगा नदीको रामघाटमा स्नान गरी पूजाआजा गर्न श्रद्धालु भक्तजन तौलेश्वरनाथ महादेवको मन्दिरमा लामो लाइन लागेका छन् । मन्दिर परिसरमा मुण्डन गर्ने, कथा सुन्ने र धार्मिक गतिविधि गर्नेको पनि उत्तिकै भीड छ ।

त्यस्तै अर्को महत्त्वपूर्ण धार्मिकस्थल शिवराज नगरपालिकाको शिवगढी पहाडमा रहेको शिव मन्दिरमा पनि भक्तजनहरुको ठूलो घुइँचो लागेको छ । ३ घण्टा पहाड चढेपछि पुगिने मन्दिरमा पनि बिहानै ३ बजे देखि दर्शनार्थीहरु लाइनमा बसेर पूजाआजा गरिरहेका छन् ।

पहाड चढ्ने समय लाग्ने हुँदा कतिपय श्रद्धालु भक्तजन मंगलबार साँझै पुगेका थिए । त्यस्तै हथौसाको शिव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । यी तिनै ठाउँका मन्दिर वरिपरि मेला पनि लागेको छ । मेला भर्नेको घुइँचो पनि उत्तिकै छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१ बुधबार ००:००  १२ : २० बजे