१८ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु



कपिलवस्तु ।

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।

शनिबार जिल्लाको विजयनगर गाउँपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा चालक गाउँपालिका–१ गोबरहवाका ४० वर्षीय जनम बहादुर चौधरीले ज्यान गुमाएका हुन्।

प्रहरीका अनुसार लु ९ प ३७७० नम्बरको मोटरसाइकलमा सवार उनी नेवलागंज देखि गुगौली तर्फ जाँदै थिए। सोही क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते बने।

गम्भीर घाइते उनलाई उपचारका लागि आधारभूत अस्पताल पुर्‍याइयो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरे।

सोही मोटरसाइकलमा सवार एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१ आइतबार ००:००  ८ : ०७ बजे