मायादेवी अनलाइन, कपिलवस्तु ।
पूर्व सभासद तथा नेकपा (माओवादी केन्द्र) का नेता रामलौटन तिवारी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
लामो समय कम्युनिस्ट आन्दोलनमा जीवन बिताएका तिवारी समाजवादीको ११ औं जिल्ला अधिवेशनमा पार्टी प्रवेश गरेका हुन् ।
तिवारी जिल्लाका प्रभावशाली नेता हुन् । तिवारीको प्रवेशसंगै जिल्लामा एकीकृत समाजवादीको बलियो शक्ति बनेको छ ।
तिवारीसङ्गै मायादेवी गाउँपालिकाकी पूर्व उपाध्यक्ष गीता तिवारी समेत समाजवादी प्रवेश गरेकी छिन् । ०७४ को पहिलो स्थानीय तहमा उनी पालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेता तिवारीसहित झन्डै १७ सय जनामा पार्टीमा भित्राएका थिए ।
कपिलवस्तुको पकडीमा आयोजित जिल्ला अधिवेशनको खुल्ला सस्त्रमा भएको कार्यक्रममा अध्यक्ष नेपालसहित पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव मेटमणी चौधरी, सचिव सोम पाण्डे, पोलिटव्यूरो सदस्य अशोक कोइराला, अब्दुल हुसेन खान, कपिलवस्तु इन्चार्ज अहमद अब्दुल रउफ, केन्द्रीय सदस्य लक्ष्मी भुसाल लगायतले सम्बोधन गरेका थिए ।
पार्टी जिल्ला अध्यक्ष गीता अन्जानको अध्यक्षता रहेको अधिवेशनको खुल्ला सस्त्रमा उपाध्यक्ष फैजल खानले स्वागत मन्तव्य दिएका थिए भने पार्टी केन्द्रीय सदस्य मीना परियारले सन्चालन गरेकी थिइन् । अधिवेशनमा जसपामा जिल्ला अध्यक्ष शैलेन्द्र यादवले समेत शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया