मायादेवी अनलाइन, राजपुर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । यहि फाल्गुण २४ गते शनिबार श्री नेपाल राष्ट्रिय मावि चौरीमा स्वास्थ्य शिविर संचालन गरिने वडा अध्यक्ष रोम थापाले बताए ।
बुद्धभूमि नगरपालिका वडा नम्बर ५ को आयोजना मेडिटेक इन्रनेशनल हस्पिटल बुटवलको प्राविधिक सहयोग तथा बुद्धभूमि नगरपालिकाको संरक्षणमा शिविर हुन लागेको हो ।
निःशुल्क स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग सम्बन्धी सेवा, ल्याब परिक्षण, औषधी वितरण, इसिजी, सुगर, प्रेसर, दम तथा छाती रोग सम्बन्धी निःशुल्क सेवा प्रदान गरिने छ ।
वडाबासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको भन्दै स्वास्थ्य जाँच गराउन अध्यक्ष थापाले सबैमा आग्रह गरे ।
बिहान १० बजेबाट स्वास्थ्य शिविर सुरु हुने भन्दै यसबाट विपन्न तथा आर्थिक अवस्थाकै कारण बुटवल जान नसकेका परिवार लाभान्वित हुने विश्वास ब्यक्त गरे ।
प्रतिक्रिया