४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

गुल्मीमा एक पुरुष मृत फेला



गुल्मी ।

गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् ।

जिल्लाको इस्मा गाउँपालिका– ६ बुल्म निवासी ४३ वर्षको नारायण कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार बिहान कच्ची मोटरबाटोमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमान्डमा प्रहरी खटिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१ सोमबार ००:००  ४ : ५३ बजे