४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

स्ववियु चुनावः सिद्धार्थ क्याम्पसमा नेबिसंघबाट मनोज न्यौपाने उम्मेदवार



मायादेवी अनलाइन, बाणगङ्गा ।

कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा नेबिसंघबाट मनोज न्यौपाने सभापतिको उम्मेदवार बनेका छन् ।

मङ्गलबार सभापति न्यौपानेसहित नेबिसंघले आफ्नो प्यानल खडा गरी उम्मेदवारी दर्ता गरेको हो ।

नेबिसंघबाट सचिवमा अरुण थारु, कोषाध्यक्षमा अनु चौधरी उम्मेदवार बनेकी छिन् ।

७ जना खुला सदस्यमा ममता अधिकारी, निशा थारु, विशाल पाण्डे, अम्बिका पौडेल, आशुतोष गुप्ता, विवेक खनाल, रिचा घिमिरे उम्मेदवार बनेकी छिन् ।

यता अखिल संयुक्त प्यानलबाट सभापतिमा पशुपति गिरी उम्मेदवार बनेका छन् ।

आउँदो चैत ५ गते देशभर त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसमा स्ववियु चुनाव हुँदै छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१ बुधबार ००:००  ८ : ४२ बजे