३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

बुद्धभूमि ५ मा भोलि निःशुल्क आँखा शिविर हुँदै



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ मा भोलि निःशुल्क आँखा शिविर हुने भएको छ । वडा नम्बर ५ को आयोजना तथा नेपाल नेत्र ज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा हुने शिविरमा निःशुल्क आँखा जाँच गर्नुका साथै औषधी र चस्मा समेत वितरण गरिने वडा अध्यक्ष रोम थापाले बताए ।

शरीरको सबैभन्दा संबेदनशिल अंग आँखा भएकाले यसका लागि निःशुल्क शिविर राखिएको बताए । यो शिविरबाट वडाबासी लाभान्वित हुने उनको भनाई छ । आफु जनताको सेवाका लागि निरन्तर लागि परेको भन्दै आगामी दिनमा पनि जनताकै सेवामा समर्पित हुने बताए ।

शिविर पश्चात आँखाको अप्रेशन गर्नुपरेमा निःशुल्क गरिने भन्दै आँखा जाँच गराउन सम्बिन्धत सबैमा आग्रह गरे ।यस अघिपनि वडाले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट सयौ जना लाभान्वित भएको भन्दै यस शिविरबाट पनि लाभ लिन उनको आग्रह छ । शिविर बिहान १० बजेबाट सामुदायिक अध्ययन केन्द्र(सिएलसी) भवनमा सुरु हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०८१ आइतबार ००:००  १२ : ५१ बजे