८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

गौतमबुद्ध बहुमुखी क्याम्पस गोरुसिंगेमा नेविसंघको प्यानलै विजयी



बुद्धभूमि ।

गौतमबुद्ध बहुमूखी क्याम्पस बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा नेविसंघको प्यानलै विजयी भएको छ । मंगलबार साझ सम्पन्न मतपरिणाम अनुसार क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका शिव प्रसाद घिमिरे १ सय २६ मत सहित निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्दी दिलिप थारुले १ सय १० मत प्राप्त गरे । यसैगरी सचिवमा नेविसंघकी पवित्रा बेल्वासे १ सय २६ मत सहित निर्वाचित भएकी छन् भने प्रतिद्धन्दी अनेरास्ववियुकी रुपा भरले १ सय ६ मत प्राप्त गरिन् । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी अस्मिता चौधरीले १ सय ३६ मत ल्याउदै निर्वाचित भइन् भने प्रतिद्धन्दी अनेरास्ववियुका विमल अधिकारीले ९३ मत प्राप्त गरे यसैगरी सदस्यहरुमा क्रमसः नेविसंघका शारदा अधिकारी, सुजना जिसी, समिक्षा खनाल, सम्झाना थारु र अनेरास्ववियुकी अमृता थारु ीनर्वाचित भएकी छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८१ मंगलबार ००:००  ८ : ५८ बजे