बाणगंगा ।
बाणगंगा बहुमूखि क्याम्पस लौगाइमा अनेरास्ववियुको प्यानलनै निर्वाचित भएको छ । मंगलबार राति सकिएको मतगणना अनुसार क्याम्पसको स्ववियु सभापति सहित अन्य पदमा अनेरास्ववियुको प्यानललै विजयी भएको हो ।
क्याम्पस स्ववियु सभापतिमा अनेरास्वयवियुका शिव शर्मा (शिशिर) निर्वाचित भएका छन भने सचिवमा प्रदिप पौडेल र कोषाध्यक्षमा ममता थारु निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा निर्मला सुनार, जीवन रायमाझी, पुष्पा घिमिरे, अन्जु कंडेल र रजनी विश्वकर्मा निर्वाचित भएका छन् ।
प्रतिक्रिया