८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

सिद्धार्थ क्याम्पसमा नेविसंघका मनोज न्यौपाने विजयी



कपिलवस्तु ।

कपिलवस्तुको चर्चित सिद्धार्थ क्याम्पस बुड्चीमा ने।वि।संघले ऐतिहासिक जित निकालेको छ । चारदलीय गठबन्धन बनाएका अनेरास्ववियु उम्मेदवार पशुपति गिरीलाई ५१ मतान्तरले पराजित गर्दै ने.वि.संघका मनोज न्यौपाने सभापतिमा निर्वाचित भएका छन्। ८०१ मत खसेकोमा ने।वि।संघका मनोज न्यौपानेले ४१५ मत प्राप्त गर्दा अनेरास्ववियुका पशुपति गिरीले ३६४ मत प्राप्त गरेका छन् ।

२०७९ मा अनेरास्ववियुको तर्फबाट सचिव पद जितेका गिरी यस पटक भने सभापतिमा हार बेहोर्न बाध्य भए। अनेरास्ववियुको अभेद्य गढ मानिएको सिद्धार्थ क्याम्पसमा २०७९ मै ने।वि।संघका निल कलम थारुले किल्ला ढाल्दै नयाँ इतिहास रचेका थिए। त्यसको निरन्तरतामा यसपटक न्यौपानेले अर्को सफलता थप्दै अनेरास्ववियुलाई फेरि ठूलो झड्का दिएका छन्।

यहाँ सचिवमा अनेरास्ववियुको संयुक्त प्यानलबाट अर्चना आचार्यले हात पारेकि छिन् । कोषाध्यक्षमा ने।वि।संघकी अनु चौधरी सहित ने.वि.संघले २ सदस्य हात पारेको छ । भने अनेरास्ववियुको ४ दलिय गठबन्दनबाट सचिव सहित ५ सदस्य हात पारेको छ ।

यस्तो छ मतपरिणाम :

प्रकाशित मिति : ५ चैत्र २०८१ बुधबार ००:००  ७ : ४१ बजे