२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

कपिलवस्तुमा एकै महिनामा एक सय २१ फरार प्रतिवादी पक्राउ



दीपा महत, तौलिहवा ।

प्रहरीले कपिलवस्तुमा फागुनमा मात्रै १ सय २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका एक सय २१ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारील अधिकारीले जानकारी दिए ।

प्रहरीले पक्राउ परेर फरार प्रतिवादीबाट २५ वर्ष दश महिना ५ दिन कैद र रु चार लाख ४५ हजार चार सय ५० जरिवाना असुलउपर गरिएको प्रनाउ अधिकारीले उल्लेख गरे ।

पक्राउ परेका मध्ये फैसला पछिको अवधीको आधारमा २० वर्ष पछि पक्राउ परेका १६ जना, १५ वर्ष पछि २२, १० वर्ष पछि ११, ५ वर्षपछि १७ र पाँच वर्ष भन्दा कम समयमा पक्राउ परेका ५४ जना रहेका छन् ।

यसैयरी चालुआर्थिक वर्षको फागुन महिनासम्म ४ सय ७२ फरार प्रतिवादीलाई पक्राउ गरिसकेको अधिकारीले जनाए । फागुनमा घरेलुहिंशाका ३६ वटा उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन् जसमा ३१ वटा मिलापत्र भएका छन् भने ५ प्रकृयामा रहेका छन् ।

उजुरीको प्रकृती हेर्दा घरायसी झैझगडा र मापसे सेवन गरी कुटपिट गरेको घटना बढी छन् भने मधेशी समुदायबाट बढी उजुरी दर्ता भएका छन् ।

यता हराउनेको संख्या पनि बढ्दो छ । प्रहरी कार्यालयको तथ्यांक हेर्दा जिल्लामा फागुन महिनामा मात्रै २१ जना हराएकोमा १४ जना फेला परेका छन् भने ७ जना अझै फेला पर्न सकेका छैनन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१ बिहिबार ००:००  १२ : १३ बजे