२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

एसइईको तेस्रो दिन कपिलवस्तुमा ८४ जना अनुपस्थित



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तुमा एसइई परिक्षा शान्त तथा सौर्हाद्रपूर्ण वातावरणमा संचालन भैरहेको जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले बताएका छन् । जिल्लाका ३४ वटै केन्द्रबाट परिक्षा मर्यादित रुपमा भैरहेको उनले बताए ।

यस्तै माध्यमिक शिक्षा परिक्षा (एसइई) को तेस्रो दिन आज कपिलवस्तुमा ८४ जना विद्यार्थी अनुपस्थित भएका छन् । तेस्रो दिन आज अनिवार्य गणितको परिक्षा थियो जसमा ३४ वटै केन्द्रका गरी ८४ जना अनुपस्थित रहेको प्राविधिक सहायक राम प्रसाद भट्राईले बताए ।

नियमित तर्फ साधारण ७ हजार ७ सय ९ जना, २०८० को ग्रेडवृद्धि तर्फ ६ सय २६, २०७८/७९ को ग्रेडवृद्धि तर्फ १ सय ४० र प्राविधिक तर्फ ३ सय ७९ गरी ८ हजार ८ सय ५४ जना विद्यार्थीले एसइई दिएका छन् ।

आज बुद्धभूमिमा रहेका ४ वटा परिक्षा केन्द्रहरु गौतमबुद्ध मावि गोरुसिंगे, भृकुटी मावि बुढ्डी, श्री मावि इमिलिया र जनकल्याण मावि वरकलपुरमा शिक्षा तथा समन्वय इकाई कपिलवस्तुका अधिकृत अर्जुन कुवँर, शिक्षा तथा समन्वय इकाईकी प्राविधिक सहायक सिता घिमिरे, बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, पत्रकार महासंघका कपिलवस्तु अध्यक्ष डिलाराम भुषाल लगाएतको टोलीले अनुगमन गरेको प्राविधिक सहायक सिता घिमिरेले बताइन् ।

प्रकाशित मिति : ९ चैत्र २०८१ आइतबार ००:००  २ : ५७ बजे