कपिलवस्तु ।
१३६ अाैं अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका १२ जिल्ला शाखाहरुले भब्य रूपमा मनाउन थालेका छन् । चाैतारीले ४० जना सञ्चार श्रमिकलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालेकाे हाे । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको वार्षिक कार्ययोजना बमोजिम जिल्ला शाखाले अाज एकसाथ श्रमिक सम्मान कार्यक्रम गर्न लागेका हुन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर प्रत्येक जिल्ला शाखाले विभिन्न विधाका तीन देखि पाँच जना सम्म सञ्चार सम्बद्ध श्रमिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रदेशका महासचिव हरि अधिकारीले जानकारी दिनुभयो । सोही अवसरमा संचार श्रमिकको विद्यमान अवस्था ऎन , कानुन , न्यूनतम पारीश्रमिक लगाएतका बिषय समेत छलफल गरिने भएको छ । सन्चार सम्बन्ध श्रमिकको अवस्था संकटमा पर्दै गइराखेकोले सरकारले समयमै यी मुद्दामा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो । प्रदेश अध्यक्ष शोभाखर पन्थीले राज्यले मिडिया मैत्री लगानीको बाताबरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रेस चौतारी लुम्बिनी प्रदेश इन्चार्ज टीका बहादुर बस्नेतले प्रदेश भरि नै वार्षिक कार्ययोजना अनुरुप गतिविधि अघि बढेको बताउनु भयो ।







प्रतिक्रिया