१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थलबाट उडानको माग गरी धर्ना



बुटवल ।
गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै निजी क्षेत्रका प्रतिनिधिहरूले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन्। लामो समयदेखि विमानस्थल पूर्णक्षमतामा सञ्चालनको माग गरिरहेका उद्योगी–व्यसायीले माग सुनुवाइ नभएपछि आज विरोध सभासहित धर्ना गरेका हुन्।

उद्योग व्यापार संगठन, रूपन्देही ९चेम्बर अफ कमर्श०को अगुवाइमा आज विमानस्थलको मुख्य प्रवेशद्वार छेकेर धर्ना र प्रदर्शन गरेका हुन्। धर्नामा दर्जनौं संघसंस्था ब्यानरसहित सहभागी थिए। प्रदर्शनमा सहभागीले अन्ताराष्ट्रिय उडानलाई निरन्तरता दिन यसअघि गरिएका वाचा पूरा गर्न सरकारसँग माग गरेका छन्।

संघसंस्थाहरूले विमानस्थलको प्रवेशद्वारमा एक घण्टा प्रदर्शन गरेका थिए। दबाबमूलक धर्ना कार्यक्रमको बेवास्ता नगर्न र अर्बौं लगानी जोखिममा पर्दा राज्यले नदेखेजस्तै गर्नु विडम्बना रहेको उनीहरूको भनाइ छ। रूपन्देहीका उद्योगी–व्यवसायीले एक वर्षअघि पनि दबाबपूर्ण कार्यक्रम सञ्चालन गरेका थिए।

प्रकाशित मिति : २४ बैशाख २०८२ बुधबार ००:००  ९ : १५ बजे