१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

नेजाको अध्यक्षमा सुरज भण्डारी निर्विरोध



कपिलवस्तु । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा सुरज भण्डारी निर्विरोध निर्वाचित भएका छन् । अमेरिकाको लस भेगासमा आइतबार सम्पन्न संघको नवौँ महाधिवेशनबाट भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । उनी यसअघि निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसैगरी संघको उपाध्यक्षमा कल्पना घिमिरे, महासचिवमा ईश्वरी न्यौपाने, कोषाध्यक्ष करना अधिकारी र सचिवमा शेरबहादुर थापा निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा सुजन पण्डित, बाबुराम दाहाल, डिल्लीबहादुर रावत, दीपेन्द्र खड्‌का, जानु पंगेनी, यशोदा तिम्सिना, राजकुमार तामाङ, डोल्मा लामा र क्षेत्रीय संयोजकहरूमा सृजना काफ्ले, शान्तिराज राई, दीपक दाहाल, ओम आचार्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

नेजाको अधिवेशनमा नेपाल पत्रकार महासंघकी केन्द्रिय अध्यक्ष निर्मला शर्माकाे अातिथ्यता रहेकाे थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८२ सोमबार ००:००  २ : ४१ बजे