मायादेवी अनलाइन, कपिलवस्तु ।
महिलाहरुका लागि एक दिने उद्घोषण तालिम सम्पन्न भएको छ । शितगंगा नगरपालिका वडा नम्बर ११ को आयोजनामा भएको उक्त तालिममा वडा नम्बर ११ का महिलाहरुको सहभागिता रहेको थियो । तालिममा महिलाहरुको नेतृत्व विकाससंगै उनिहरुलाई उदघोषण कलाबारे जानकारी गराइएको थियो । एक दिने तालिमबाट आफुले धेरै कुरा सिक्न पाएको शीतगंगाकी सुशिला आचार्यले बताईन् । यस्ता कार्यक्रमले महिलाको क्षमता अभिवृद्धी हुने भन्दै आगामी दिनमा महिलालाई ब्यवसायीक बनाउने गरी कार्यक्रम ल्याउन आग्रह गरिन् ।
यस्तै अर्का सहभागि सुनिता घर्ति मगरले उद्घोषण तालिम संगै महिलाको क्षमता विकासका लागि अन्य कार्यक्रम ल्याउन आग्रह गरिन साथै महिलालाई आत्मनिर्भर बनाउन सिपमुलक कार्यक्रम ल्याउनपनि सुझाव दिइन् । कार्यक्रममा बोल्दै वडा नम्बर ११ का वडा अध्यक्ष नवराज भुसालले वडाले संचालन गर्ने यस्ता कार्यक्रममा सहभागी भएर प्रत्यक्ष लाभ लिन अनुरोध गरे ।
निरन्तरको अभ्यासले जीवनमा परिवर्तन ल्याउने भन्दै अभ्यासलाई निरन्तरता दिन आग्रह गरे । बनमा ५१ प्रतिशत महिला सहभागीता अनिवार्य भएको भन्दै आफुलाई दिएको अधिकार लिनुपर्ने र आफ्नो भूमिकाबारे प्रष्ट हुनुपर्नेमा जोड दिए ।
वडाबासीको सेवामा आफु निरन्तर रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याउने उनको भनाई छ । कार्यक्रममा वडा नम्बर ११ का करिब ४० जना महिला सहभागि थिए । वडा सदस्य बुध बहादुर सार्कीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन वडा सचिव रामु आचार्यले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष दिपा महतले उद्घोषण सम्बन्धी प्रशिक्षण दिएकी थिइन् ।
प्रतिक्रिया