२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

गुल्मीमा एक पुरुष मृत फेला



गुल्मी ।
गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर –१ बोटेगाउँ रेग्दी छहरामा पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सूचना अधिकारी गंगाबहादुर सारुले सोही गाउँपालिका–२ दाईछाप बुटिलगाउँका अन्दाजी ४५ वर्षीय ज्ञानबहादुर राकस मृत फेला पर्नुभएको जानकारी दिनुभयो ।

सोमबार खोलामा माछा मार्न जानुभएका राकस घर नफर्किएका कारण परिवारले खोजतलास गरिरहेकोमा मङ्गलबार बिहान बडिगार्ड खोलाको छेउमा घोप्टो अवस्थामा मृत भेटिएको चन्द्रकोट गाउँपालिका –७ बोटेगाउँका जीवन माझीले प्रहरीलाई जानकारी गराउनुभयो । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी शृङ्गाबाट प्रहरी सहायक निरीक्षक कृष्ण विकको कमाण्डमा तीन जनाको टोली घटनास्थलमा खटिएका छन् ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक कपिल शाहिको कमाण्डमा सात जनाको खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२ मंगलबार ००:००  ३ : ४३ बजे