२ असार २०८२, सोमबार | Mon Jun 16 2025

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन



काठमाडौँ ।

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ ।

सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ। उनी स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए।

फिलिप चौथो शिविरमा करिब रातको ७-८ बजे थकित अवस्थामा पुग्नुभएको र आराम गरेका अवस्थामा मृत्यु भएको आरोहणदलका सदस्यबाट आज विहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतकको शव आवश्यक प्रक्रिया पुर्‍याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२ बिहिबार ००:००  ८ : १९ बजे