२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

चितवनमा बस दुर्घटना हुँदा १५ जना घाइते



चितवन ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर–१० मा काठमाडौंबाट लहान जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन।

आज विहान त्रिनेत्र पेट्रोल पम्प अगाडि प्र–१–०२–००१ ख ९१६२ नम्बरको बस डिभाइडरमा ठोकिएर पल्टिँदा बसमा सवार ३९ जना मध्ये १५ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।

घाइतेहरूको भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र रत्ननगर बकुलहर अस्पतालमा उपचार भइरहेको छ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८२ शुक्रबार ००:००  ८ : ३७ बजे