२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

लुम्बिनी प्रदेश सभाको छैठौं बैठक बस्दै, यस्ता छन् कार्यसूची



दाङ।

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको छैठौं बैठक आज शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरलेफप्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको “वार्षिक नीति तथा कार्यक्रम” को एकप्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभासमक्ष पेश गर्नेछन् ।

त्यसपछि सो कार्यक्रमको सम्बोधनप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले पेश गर्ने र सो प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्नेछिन्।

प्रस्तावलाई निर्णयार्थ सभामुख तुलाराम घर्तिमगरले प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यहि जेठ ५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । अब केही दिन नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुनेछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२ शुक्रबार ००:००  ८ : २० बजे