२ असार २०८२, सोमबार | Mon Jun 16 2025

कपिलवस्तुमा गणतन्त्र दिवस तीन दिन मनाइने



दिपा महत, तौलिहवा ।

कपिलवस्तुमा ३ दिनसम्म विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने भएको छ । गृह मन्त्रालयको परिपत्र अनुसार कपिलवस्तुमा पनि भब्यताका साथ दिवस मनाउन लागिएको हो ।
शुक्रबार जिल्ला समन्वय समिती कपिलवस्तुमा बसेको सरोकारवाको बैठकले गणतन्त्र दिवसलाई हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाउने निणर्य गरेको छ ।


जसअनुसार जेठ १४, १५ र १६ गते जिल्लास्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा, संघसंस्था परिसर कार्यालयमा सरसफाई तथा राष्ट्रिय झण्डा फहराउने र बेलुका सरकारी कार्यालय तथा घरघरमा दिप प्रज्वलन गरिने छ ।

जेठ १४ गते विहान रेडक्रस सोसाइटी कपिलवस्तुको आयोजना र कपिलवस्तु नगरपालिका तथा स्वास्थ्य कार्यालयको समन्वयमा रक्तदान कार्यक्रम गरिने छ भने शहिद तथा बेपत्ता ब्यक्तीका परिवार तथा घाइतेलाई सम्मान गर्नका लागि पालिकालाई अनुरोध गर्ने निणर्य भएको छ ।

साथै १४ गते नै सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुको आयोजनामा ओदारी मावि र सिद्धार्थ मावि भेलाईमा अध्यनरत २१ जना दृष्टीबिहिन विद्यार्थीलाई शैक्षिक ब्याग वितरण गरिने समन्वय समिती प्रमुख प्रमुख बाबुराम आचार्यले बताए । सोही दिननै ‘गणतन्त्रमा नागरिकको भूमिका’ विषयक नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने छ ।

१५ गते बिहान तौहिलवा बजार सरसफाई गरिने छ भने बेलुका प्रशासन कार्यालय अगाडी दिप प्रज्वलन गरिने प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताए । जेठ १६ गते कर्मचारी मिलन केन्द्रको आयोजनामा बाल मन्दिरमा रहेका अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरणको कार्यक्रम रहेकाले सबै निकायलाई साथ र सहयोगका लागि अनुरोध गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सशत्र प्रहरीबल, स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधी लगाएत राजनैतिक दलका प्रतिनिधीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०८२ शुक्रबार ००:००  ५ : ३९ बजे