१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, औसत मितिभन्दा चाँडै नेपाल भित्रिने



काठमाण्डौ ।
यस वर्षको मनसुन औसत समयभन्दा झन्डै १० दिनअघि नै भारतको केरला आइपुगेको छ । बङ्गालको खाडीको धेरैजसो भाग, श्रीलङ्का पूरै र भारतको केरलामा मनसुन विकसित भइसकेको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो ।

उहाँका अनुसार केरलाबाट नेपालको कोशी प्रदेशमा आइपुग्न एक हप्ता हाराहारी लाग्छ । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख अर्थात् यस वर्ष जेठ ३० गते हो । तर अब बीचमा नरोकिकन आएमा यस वर्ष औसतभन्दा झन्डै डेढ हप्ताअघि नै मनसुन आइपुग्ने देखिन्छ ।

यस वर्ष औषतभन्दा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले यसअघि नै प्रक्षेपण गरिसकेको छ । मनसुनमा औसतभन्दा बढी वर्षा र तापक्रम हुने प्रक्षेपण सार्वजनिक भएसँगै खेतीपाती राम्रो हुने आशा बढेको छ । तर वर्षा र तापक्रम बढ्दैमा खेतीपाती राम्रो हुन्छ भन्ने नरहेको विज्ञहरूले बताएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८२ शनिबार ००:००  ८ : ५८ बजे