२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

मादीमा जिप खस्दा मृत्यु भएका तीनै जनाको सनाखत



तनहु ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २०र२२ वर्षीय कुशल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन्।

घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ।

दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए।

प्रकाशित मिति : ११ जेष्ठ २०८२ आइतबार ००:००  ८ : ४९ बजे