१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

चीनको रासायनिक कारखानामा विस्फोट हुँदा पाँचको मृत्यु, ६ जना बेपत्ता



काठमाडौं ।
पूर्वी चीनको एक रासायनिक कारखानामा भएको ठूलो विस्फोटपछि कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने थप ६ जना बेपत्ता छन्। १९ जना घाइते भएको चिनिया सञ्चारमाध्यम सिजिटिएनले जनाएको छ।

विस्फोटपछि आकाशमा खरानी र सुन्तला रङको धुँवाको ठूलो मुस्लो निस्किएको थियो भने वरपरका भवनका झ्यालहरू फुटेका थिए। यो घटना शान्डोङ प्रान्तको गाओमी शहरस्थित शान्डोङ योडाओ केमिकलको कार्यशालामा भएको हो।

विस्फोटको कारणबारे अनुसन्धान भइरहेको स्थानिय अधिकारीले जनाएका छन।अगस्ट २०१९ मा स्थापना भएको शान्डोङ योडाओ केमिकल गाओमी रेनहे रासायनिक पार्कमा ४६ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको छ। यसमा तीन सयभन्दा बढी कर्मचारी कार्यरत छन्।

कम्पनीले विषादी, औषधि र रासायनिक मध्यवर्ती वस्तुहरू विकास, उत्पादन र बिक्री गर्छ।

यसअघि २०१५ मा चीनको उत्तरपूर्वी सहर तिआन्जिनमा रहेको रासायनिक गोदाममा विस्फोट हुँदा एक सय भन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रकाशित मिति : १४ जेष्ठ २०८२ बुधबार ००:००  ८ : २८ बजे