८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

प्रधानमन्त्री ओलीद्वारा गणतन्त्र दिवसको शुभकामना



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन भएको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उनले सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिनको रूपमा स्मरण गरेका छन्।

‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज। मुकुटको होइन(मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन’, उनले लेखेका छन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८२ बिहिबार ००:००  ७ : ५४ बजे