३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

कपिलवस्तु नगरपालिका भित्रका दुई पेट्रोल पम्पमा सिल



कपिलवस्तु ।

कम नाप तौल देखिएपछि कपिलवस्तु नगरपालिका भित्र रहेका २ पेट्रोल पम्ममा सिलबन्दी गरिएको छ । जनगुनासो बढेपछि प्रशासन कार्यालयको अगुवाईमा तौलिहवा र आसपास गरी ४ पेट्रोल पम्पको निरीक्षण गरिएको हो ।

सहायक प्रजिअ पदम लामिछानेको अगुवाईमा गुणस्तर तथा नाप तौल कार्यालय बुटवलबाट आएको टोलीले पेट्राल पम्पको निरीक्ष्ण गरी पेट्राल र डिजेलो नाप लिएको हो । सो क्रममा कपिलवसतु नगरपालिका पुरानो हाट बजारको उमा ट्रेडिङ र कपिलवस्तु नगरपालिका ४ कोदाहाको ओझा पेट्राल पम्प सिलबन्दी गरिएको सहायक प्रजिअ लामिछानेले बताए । उमा ट्रडिङको ४ मध्ये ३ वटा पम्पमा सिलबन्दी गरिएको छ भने ओझा पेट्रोल पम्पका २ वटै पम्प सिल गरिएको हो ।

टोलीले नापजाच गर्दा गडबडी देखिएको लामिछानेले बताए । उपभोक्ता ठग्ने जो सुकैलाई कारबाही गरिने उनले बताए । उनले यस्तो काममा आफुहरुलाई जानकारी गराउन समेत उनले आग्रह गरे । गुणस्तर तथा नाप तौल कार्यालयका निरीक्षक निराजन पुडासैनीले प्रशासन कार्यालयको आग्रह अनुसार अनुगमन र निरीक्षण गरिएको बताए ।

निरीक्षणकाक्रममा नापतौल गर्दा तोकिएको मापदन्ड भन्दा कम तौल भेटिए पछि २ पेट्राल पम्पमा सिलबन्दी गरिएको बताए । २ पेट्रोल पम्प धनीलाई ३ दिन भित्र आवश्यक कागजात सहीत बुटवलमा हाजिर हुन निर्देशन समेत दिइएको उनले बताए । शिवपार्वती र चिन्नीलाल कान्दु पेट्रोल पम्प भने मापदन्ड अनुसार नै चलको भेटिएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२ मंगलबार ००:००  ९ : ४५ बजे